Check out the new design

पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: यूनुस   श्लोक:
فَلَوْلَا كَانَتْ قَرْیَةٌ اٰمَنَتْ فَنَفَعَهَاۤ اِیْمَانُهَاۤ اِلَّا قَوْمَ یُوْنُسَ ۚؕ— لَمَّاۤ اٰمَنُوْا كَشَفْنَا عَنْهُمْ عَذَابَ الْخِزْیِ فِی الْحَیٰوةِ الدُّنْیَا وَمَتَّعْنٰهُمْ اِلٰی حِیْنٍ ۟
९८) तसर्थ यूनुसको समुदाय बाहेक कुनै बस्तीले ईमान ल्याएन, जबकि ईमान ल्याएबाट तिनलाई फाइदा हुन्थ्यो, हो (‘‘यूनुसको’’ कौमले) जब ईमान ल्याए त हामीले दुनियाँको जिन्दगीमा तिनीहरूबाट तिरस्कारपूर्ण सजाय हटाइहाल्यौं, र एक अवधिसम्म सांसारिक लाभहरू उठाउने तिनीहरूलाई अवसर प्रदान गर्यौं ।
अरबी व्याख्याहरू:
وَلَوْ شَآءَ رَبُّكَ لَاٰمَنَ مَنْ فِی الْاَرْضِ كُلُّهُمْ جَمِیْعًا ؕ— اَفَاَنْتَ تُكْرِهُ النَّاسَ حَتّٰی یَكُوْنُوْا مُؤْمِنِیْنَ ۟
९९) र यदि तपाईको पालनकर्ताले चाहेको भए, जति मानिसहरू पृथ्वीमा छन्, सबैले ईमान ल्याउन सक्दथे । अतः के तपाई मानिसहरूमाथि जबरजस्ती गर्नुहुन्छ, यहाँसम्म कि तिनीहरू मोमिन नभइहालुन् ।
अरबी व्याख्याहरू:
وَمَا كَانَ لِنَفْسٍ اَنْ تُؤْمِنَ اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَیَجْعَلُ الرِّجْسَ عَلَی الَّذِیْنَ لَا یَعْقِلُوْنَ ۟
१००) हुनत कुनै व्यक्तिलाई सामथ्र्य छैन कि अल्लाहको आदेश बिना ईमान लाउन सकोस्, र बुद्धिहीन मानिसहरूलाई अल्लाहले (शिर्कको) फोहोरमा हालिदिन्छ ।
अरबी व्याख्याहरू:
قُلِ انْظُرُوْا مَاذَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَمَا تُغْنِی الْاٰیٰتُ وَالنُّذُرُ عَنْ قَوْمٍ لَّا یُؤْمِنُوْنَ ۟
१०१) तपाई भनिदिनुस् कि आकाशहरू र पृथ्वीमा भएका सबै कुराहरू राम्रोसंग हेर । तर जुन मानिसहरू ईमान लाएका छैनन् निशानीहरू र चेतावनीबाट तिनीहरू लाभांवित हुने छैनन् ।
अरबी व्याख्याहरू:
فَهَلْ یَنْتَظِرُوْنَ اِلَّا مِثْلَ اَیَّامِ الَّذِیْنَ خَلَوْا مِنْ قَبْلِهِمْ ؕ— قُلْ فَانْتَظِرُوْۤا اِنِّیْ مَعَكُمْ مِّنَ الْمُنْتَظِرِیْنَ ۟
१०२) तसर्थ जुन प्रकारका घटनाहरू तिनीहरूभन्दा पहिलाका मानिसहरूमाथि बितिसकेका छन् त्यस्तै किसिमका घटनाहरूको प्रतीक्षामा यिनीहरू पनि छन् । भनिदिनुस्ः कि ठीक छ तिमी पनि प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
अरबी व्याख्याहरू:
ثُمَّ نُنَجِّیْ رُسُلَنَا وَالَّذِیْنَ اٰمَنُوْا كَذٰلِكَ ۚ— حَقًّا عَلَیْنَا نُنْجِ الْمُؤْمِنِیْنَ ۟۠
१०३) फेरि हामीले आफ्ना पैगम्बरहरूलाई र ईमान ल्याएकाहरूलाई छुटकारा दिदै आइराखेका छौं, यसै प्रकार हाम्रो उत्तरदायित्व छ कि मुसलमानहरूलाई छुटकारा प्रदान गर्दैगरौं ।
अरबी व्याख्याहरू:
قُلْ یٰۤاَیُّهَا النَّاسُ اِنْ كُنْتُمْ فِیْ شَكٍّ مِّنْ دِیْنِیْ فَلَاۤ اَعْبُدُ الَّذِیْنَ تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ اَعْبُدُ اللّٰهَ الَّذِیْ یَتَوَفّٰىكُمْ ۖۚ— وَاُمِرْتُ اَنْ اَكُوْنَ مِنَ الْمُؤْمِنِیْنَ ۟ۙ
१०४) तपाई भनिदिनुस्ः कि हे मानिसहरू ! यदि तिमीलाई मेरो धर्ममा कुनै प्रकारको शंका छ भने (सुनिराख कि) अल्लाह बाहेक जसको तिमीले पूजा गर्दछौ, म त्यसको पूजा गर्दिन, बरु म उस अल्लाहको पूजा गर्दछु जसले तिम्रो प्राण निकाल्नेछ, र मलाई यो आदेश भएको छ कि ईमान ल्याउनेहरूमध्येबाट रहूँ ।
अरबी व्याख्याहरू:
وَاَنْ اَقِمْ وَجْهَكَ لِلدِّیْنِ حَنِیْفًا ۚ— وَلَا تَكُوْنَنَّ مِنَ الْمُشْرِكِیْنَ ۟
१०५) र यो कि आफ्नो मुख सँधै निष्ठापूर्वक इस्लाम धर्मतिर गरिराख्नु र मुश्रिकहरूमध्येको कहिले नहुनु ।
अरबी व्याख्याहरू:
وَلَا تَدْعُ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَنْفَعُكَ وَلَا یَضُرُّكَ ۚ— فَاِنْ فَعَلْتَ فَاِنَّكَ اِذًا مِّنَ الظّٰلِمِیْنَ ۟
१०६) र अल्लाहलाई छाडेर यस्तो कुनै कुराको उपासना नगर्नु जसले कि नत तिम्रो केही भलो गर्न सकोस् नत केही हानि नोक्सानी गर्न सकोस् । यदि त्यस्तो गर्छौ भने अत्याचारीहरूमध्येको हुनेछौ ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद सूरः: यूनुस
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । - अनुवादहरूको सूची

केन्द्रीय जमियत अहले हदीस, नेपाल द्वारा प्रकाशित ।

बन्द गर्नुस्