Check out the new design

पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: ताहा   श्लोक:
كَذٰلِكَ نَقُصُّ عَلَیْكَ مِنْ اَنْۢبَآءِ مَا قَدْ سَبَقَ ۚ— وَقَدْ اٰتَیْنٰكَ مِنْ لَّدُنَّا ذِكْرًا ۟ۖۚ
९९) यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं ।
अरबी व्याख्याहरू:
مَنْ اَعْرَضَ عَنْهُ فَاِنَّهٗ یَحْمِلُ یَوْمَ الْقِیٰمَةِ وِزْرًا ۟ۙ
१००) जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहनेछ ।
अरबी व्याख्याहरू:
خٰلِدِیْنَ فِیْهِ ؕ— وَسَآءَ لَهُمْ یَوْمَ الْقِیٰمَةِ حِمْلًا ۟ۙ
१०१) सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ ।
अरबी व्याख्याहरू:
یَّوْمَ یُنْفَخُ فِی الصُّوْرِ وَنَحْشُرُ الْمُجْرِمِیْنَ یَوْمَىِٕذٍ زُرْقًا ۟
१०२) जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् ।
अरबी व्याख्याहरू:
یَّتَخَافَتُوْنَ بَیْنَهُمْ اِنْ لَّبِثْتُمْ اِلَّا عَشْرًا ۟
१०३) तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं ।
अरबी व्याख्याहरू:
نَحْنُ اَعْلَمُ بِمَا یَقُوْلُوْنَ اِذْ یَقُوْلُ اَمْثَلُهُمْ طَرِیْقَةً اِنْ لَّبِثْتُمْ اِلَّا یَوْمًا ۟۠
१०४) जुन कुरा यिनीहरूले गर्दैछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।
अरबी व्याख्याहरू:
وَیَسْـَٔلُوْنَكَ عَنِ الْجِبَالِ فَقُلْ یَنْسِفُهَا رَبِّیْ نَسْفًا ۟ۙ
१०५) तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।
अरबी व्याख्याहरू:
فَیَذَرُهَا قَاعًا صَفْصَفًا ۟ۙ
१०६) र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।
अरबी व्याख्याहरू:
لَّا تَرٰی فِیْهَا عِوَجًا وَّلَاۤ اَمْتًا ۟ؕ
१०७) जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।
अरबी व्याख्याहरू:
یَوْمَىِٕذٍ یَّتَّبِعُوْنَ الدَّاعِیَ لَا عِوَجَ لَهٗ ۚ— وَخَشَعَتِ الْاَصْوَاتُ لِلرَّحْمٰنِ فَلَا تَسْمَعُ اِلَّا هَمْسًا ۟
१०८) जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।
अरबी व्याख्याहरू:
یَوْمَىِٕذٍ لَّا تَنْفَعُ الشَّفَاعَةُ اِلَّا مَنْ اَذِنَ لَهُ الرَّحْمٰنُ وَرَضِیَ لَهٗ قَوْلًا ۟
१०९) त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ ।
अरबी व्याख्याहरू:
یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَلَا یُحِیْطُوْنَ بِهٖ عِلْمًا ۟
११०) जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन ।
अरबी व्याख्याहरू:
وَعَنَتِ الْوُجُوْهُ لِلْحَیِّ الْقَیُّوْمِ ؕ— وَقَدْ خَابَ مَنْ حَمَلَ ظُلْمًا ۟
१११) सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो ।
अरबी व्याख्याहरू:
وَمَنْ یَّعْمَلْ مِنَ الصّٰلِحٰتِ وَهُوَ مُؤْمِنٌ فَلَا یَخٰفُ ظُلْمًا وَّلَا هَضْمًا ۟
११२) र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको ।
अरबी व्याख्याहरू:
وَكَذٰلِكَ اَنْزَلْنٰهُ قُرْاٰنًا عَرَبِیًّا وَّصَرَّفْنَا فِیْهِ مِنَ الْوَعِیْدِ لَعَلَّهُمْ یَتَّقُوْنَ اَوْ یُحْدِثُ لَهُمْ ذِكْرًا ۟
११३) यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद सूरः: ताहा
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । - अनुवादहरूको सूची

केन्द्रीय जमियत अहले हदीस, नेपाल द्वारा प्रकाशित ।

बन्द गर्नुस्