Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ത്തൗബഃ   ആയത്ത്:
فَلَا تُعْجِبْكَ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ ؕ— اِنَّمَا یُرِیْدُ اللّٰهُ لِیُعَذِّبَهُمْ بِهَا فِی الْحَیٰوةِ الدُّنْیَا وَتَزْهَقَ اَنْفُسُهُمْ وَهُمْ كٰفِرُوْنَ ۟
५५) अतः उनीहरूको माल र सन्तान तपाईंलाई आश्चर्यमा नपारुन् । अल्लाहको इच्छा यही छ कि उसले उनीहरूलाई सांसारिक जीवनमा नै यातना देओस् र उनीहरूका प्राण कुफ्रकै अवस्थामा निस्कुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَیَحْلِفُوْنَ بِاللّٰهِ اِنَّهُمْ لَمِنْكُمْ ؕ— وَمَا هُمْ مِّنْكُمْ وَلٰكِنَّهُمْ قَوْمٌ یَّفْرَقُوْنَ ۟
५६) यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَوْ یَجِدُوْنَ مَلْجَاً اَوْ مَغٰرٰتٍ اَوْ مُدَّخَلًا لَّوَلَّوْا اِلَیْهِ وَهُمْ یَجْمَحُوْنَ ۟
५७) यदि उनीहरूले कुनै शरण लिने ठाउँ वा कुनै गुफा वा कुनै टाउको लुकाउने ठाउँ, पाउँछन् भने त अवश्य नै त्यतातिर लगाम तोडी छिटोफर्कि भाग्नेछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمِنْهُمْ مَّنْ یَّلْمِزُكَ فِی الصَّدَقٰتِ ۚ— فَاِنْ اُعْطُوْا مِنْهَا رَضُوْا وَاِنْ لَّمْ یُعْطَوْا مِنْهَاۤ اِذَا هُمْ یَسْخَطُوْنَ ۟
५८) उनीहरूमा केही त्यस्ता पनि छन् जसले खैरातको मालको वितरण सम्बन्धमा तपाईंमाथि लान्छना लगाउँछन्, यदि उनीहरूलाई यसबाट दिइयो भने खुशी हुन्छन् र यदि त्यसबाट दिइएन भने तुरुन्त क्रोधित हुन थाल्छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَوْ اَنَّهُمْ رَضُوْا مَاۤ اٰتٰىهُمُ اللّٰهُ وَرَسُوْلُهٗ ۙ— وَقَالُوْا حَسْبُنَا اللّٰهُ سَیُؤْتِیْنَا اللّٰهُ مِنْ فَضْلِهٖ وَرَسُوْلُهٗۤ ۙ— اِنَّاۤ اِلَی اللّٰهِ رٰغِبُوْنَ ۟۠
५९) यदि यिनीहरू अल्लाह र रसूलले दिएको कुरामा खुशी रहन्थे र भन्थे कि अल्लाह हाम्रो निम्ति पर्याप्त छ, अल्लाहले हामीलाई आफ्नो अनुग्रहले दिनेछ र उसको रसूल पनि, हामी त अल्लाहबाटै आशा गर्नेवाला छौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّمَا الصَّدَقٰتُ لِلْفُقَرَآءِ وَالْمَسٰكِیْنِ وَالْعٰمِلِیْنَ عَلَیْهَا وَالْمُؤَلَّفَةِ قُلُوْبُهُمْ وَفِی الرِّقَابِ وَالْغٰرِمِیْنَ وَفِیْ سَبِیْلِ اللّٰهِ وَابْنِ السَّبِیْلِ ؕ— فَرِیْضَةً مِّنَ اللّٰهِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
६०) सद्का (विशेष किसिमको दान) मात्र गरिब, र निमुखाहरूको निम्ति हुन्, र जो यस कामका लागि नियुक्त गरिएका हुन् र उनीहरूको लागि जसका हृदयलाई आकृष्ट गर्नु र रिझाउन अभिष्ट हुन्छ र दासहरूलाई मुक्त गराउनुमा र ऋणिहरूको ऋण तिर्नलाई र अल्लाहको बाटोमा र यात्रीहरूको सहायताको निम्ति । यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो । अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمِنْهُمُ الَّذِیْنَ یُؤْذُوْنَ النَّبِیَّ وَیَقُوْلُوْنَ هُوَ اُذُنٌ ؕ— قُلْ اُذُنُ خَیْرٍ لَّكُمْ یُؤْمِنُ بِاللّٰهِ وَیُؤْمِنُ لِلْمُؤْمِنِیْنَ وَرَحْمَةٌ لِّلَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ ؕ— وَالَّذِیْنَ یُؤْذُوْنَ رَسُوْلَ اللّٰهِ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
६१) र उनीहरूमध्ये यस्ता पनि छन्, जो नबीलाई दुःख दिन्छन्, र भन्दछन्ः (त्यो त) कानको कमजोर छ । तपार्इ भनिदिनुस्ः ‘‘त्यो कान तिम्रो भलोको निम्ति हो । उसले अल्लाहमाथि ईमान राख्दछ र मुसलमानहरूको कुरामा विश्वास गर्दछ । र तिमीमध्ये जो ईमानवाला छन्, यो उनीहरूको निम्ति रहमत (पुरस्कार) हो, रसूलुल्लाहलाई जसले यातना दिन्छन्, उनीहरूको निम्ति दुःखद यातना छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ത്തൗബഃ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക