Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ത്തൗബഃ   ആയത്ത്:
اِنْفِرُوْا خِفَافًا وَّثِقَالًا وَّجَاهِدُوْا بِاَمْوَالِكُمْ وَاَنْفُسِكُمْ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
४१) हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल, र अल्लाहको मार्गमा आफ्नो माल, ज्यानको साथ जिहाद गर । यही नै तिम्रो निम्ति राम्रो छ, यदि तिमीमा ज्ञान छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَوْ كَانَ عَرَضًا قَرِیْبًا وَّسَفَرًا قَاصِدًا لَّاتَّبَعُوْكَ وَلٰكِنْ بَعُدَتْ عَلَیْهِمُ الشُّقَّةُ ؕ— وَسَیَحْلِفُوْنَ بِاللّٰهِ لَوِ اسْتَطَعْنَا لَخَرَجْنَا مَعَكُمْ ۚ— یُهْلِكُوْنَ اَنْفُسَهُمْ ۚ— وَاللّٰهُ یَعْلَمُ اِنَّهُمْ لَكٰذِبُوْنَ ۟۠
४२) यदि छिटै नै केही धन–सम्पत्ति प्राप्त हुने भए र यात्रा पनि सजिलो भएको भए, उनीहरू अवश्य नै तपाइँको पछि हिंडिहाल्थे, किन्तु मार्गको दूरी उनीहरूलाई कठिन र लामो लाग्यो । अब उनीहरू अल्लाहको शपथ खानेछन् कि, ‘‘यदि हामीमा यसको सामथ्र्य भएको भए अवश्य नै तपाइँको साथमा निस्कन्थ्यौं’’ । उनीहरूले स्वयं आफूलाई विनाशमा पारिराखेका छन् र अल्लाह राम्ररी जान्दछ कि निश्चय नै उनीहरू झूठा हुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
عَفَا اللّٰهُ عَنْكَ ۚ— لِمَ اَذِنْتَ لَهُمْ حَتّٰی یَتَبَیَّنَ لَكَ الَّذِیْنَ صَدَقُوْا وَتَعْلَمَ الْكٰذِبِیْنَ ۟
४३) अल्लाह तिमीलाई माफ गरोस्, तिमीले उनीहरूलाई किन अनुमति दिइहाल्यौ, जबकि जो सच्चा छन्, उनीहरू तिम्रो अगाडि प्रकट भइहाल्थे र झूठालाई पनि तिमी जानिहाल्थ्यौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَا یَسْتَاْذِنُكَ الَّذِیْنَ یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ اَنْ یُّجَاهِدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالْمُتَّقِیْنَ ۟
४४) अल्लाह र कियामतको दिनमाथि ईमान र विश्वास राख्नेहरूले त माल र ज्यानले जिहाद गर्नुबाट रुक्नको लागि तिमीसित कहिल्यै पनि अनुमति माँग्दैनन्, र अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّمَا یَسْتَاْذِنُكَ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَارْتَابَتْ قُلُوْبُهُمْ فَهُمْ فِیْ رَیْبِهِمْ یَتَرَدَّدُوْنَ ۟
४५) तिमीसित यो अनुमति त उनीहरूले नै माँग्दछन्, जसको न अल्लाहमाथि ईमान छ र न आखिरतको दिनमा विश्वास छ, जसको हृदयमा शंकाहरू परिसकेका छन् र उनीहरू आफ्नै शंकामा परेशान छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَوْ اَرَادُوا الْخُرُوْجَ لَاَعَدُّوْا لَهٗ عُدَّةً وَّلٰكِنْ كَرِهَ اللّٰهُ انْۢبِعَاثَهُمْ فَثَبَّطَهُمْ وَقِیْلَ اقْعُدُوْا مَعَ الْقٰعِدِیْنَ ۟
४६) यदि उनीहरूको विचार जिहादको निम्ति निस्कने भएको भए, उनीहरू यस यात्राको निम्ति सामग्री तयार गरेर राख्थे, तर अल्लाहले उनीहरूको उठ्ने कामलाई रुचाएन । तसर्थ उसले उनीहरूलाई सक्रिय हुनाबट रोकिदियो । उनीहरूसित भनियो तिमीहरू बस्नेहरूको साथमा नै बसिराख ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَوْ خَرَجُوْا فِیْكُمْ مَّا زَادُوْكُمْ اِلَّا خَبَالًا وَّلَاۡاَوْضَعُوْا خِلٰلَكُمْ یَبْغُوْنَكُمُ الْفِتْنَةَ ۚ— وَفِیْكُمْ سَمّٰعُوْنَ لَهُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟
४७) यदि तिनीहरू तिम्रो साथमा निस्केको भएपनि तिम्रो निम्ति उत्पात बाहेक अरु कुनै कुराको वृद्धि गर्ने थिएनन् । बरु उनीहरूले तिम्रो माझमा निकै उपद्रव मचाउनको लागि दौडधूप गर्दथे । तिमीहरूमा फूट पार्ने प्रयास गर्ने थिए। उनीहरूलाई मान्नेहरू स्वयं तिमीमा विद्यमान छन् । र अल्लाह अत्यचारीहरूलाई राम्रोसँग जान्दछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ത്തൗബഃ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക