വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
37 : 9

اِنَّمَا النَّسِیْٓءُ زِیَادَةٌ فِی الْكُفْرِ یُضَلُّ بِهِ الَّذِیْنَ كَفَرُوْا یُحِلُّوْنَهٗ عَامًا وَّیُحَرِّمُوْنَهٗ عَامًا لِّیُوَاطِـُٔوْا عِدَّةَ مَا حَرَّمَ اللّٰهُ فَیُحِلُّوْا مَا حَرَّمَ اللّٰهُ ؕ— زُیِّنَ لَهُمْ سُوْٓءُ اَعْمَالِهِمْ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْكٰفِرِیْنَ ۟۠

३७) महिनाहरूलाई अगाडि–पछाडि पार्नु कुफ्रमा एउटा बृद्धि हो, जसबाट तिनीहरू मार्गविचलनमा पर्छन् जुन् काफिर हुन् । कुनै वर्ष उनीहरूले त्यसलाई वैध ठहराउँछन् र कुनै वर्ष त्यसलाई अवैध ठहराउँदछन् ताकि अल्लाहका महिनाहरूको संख्या पूरा गरिहालुन्, र यसप्रकार अल्लाहले अवैध गरिएकोलाई वैध ठहराइहालुन् । उनीहरूलाई आफ्ना नराम्रा कर्म राम्रा लाग्दछन् र अल्लाह इन्कार गर्नेहरूलाई सोझो मार्ग देखाउँदैन । info
التفاسير:

external-link copy
38 : 9

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا مَا لَكُمْ اِذَا قِیْلَ لَكُمُ انْفِرُوْا فِیْ سَبِیْلِ اللّٰهِ اثَّاقَلْتُمْ اِلَی الْاَرْضِ ؕ— اَرَضِیْتُمْ بِالْحَیٰوةِ الدُّنْیَا مِنَ الْاٰخِرَةِ ۚ— فَمَا مَتَاعُ الْحَیٰوةِ الدُّنْیَا فِی الْاٰخِرَةِ اِلَّا قَلِیْلٌ ۟

३८) हे ईमानवालाहरू ! तिमीलाई के भएको छ ? कि जब तिमीसित भनिन्छ अल्लाहको मार्गमा निस्क तब तिमी धर्तीमै टाँसिन खोज्छौ ? के तिमीले आखिरतको अपेक्षा सांसारिक जीवनलाई नै बढी रुचायौ ? सुन सांसारिक जीवनको सुख सामग्री त आखिरतको दाँजोमा नगन्य नै छ । info
التفاسير:

external-link copy
39 : 9

اِلَّا تَنْفِرُوْا یُعَذِّبْكُمْ عَذَابًا اَلِیْمًا ۙ۬— وَّیَسْتَبْدِلْ قَوْمًا غَیْرَكُمْ وَلَا تَضُرُّوْهُ شَیْـًٔا ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟

३९) यदि तिमीले प्रस्थान गरेनौ भने अल्लाहले तिमीलाई दुःखद यातना (कष्टदायक सजाय) दिनेछ र तिम्रो ठाउँमा अर्को समूहलाई ल्याउनेछ र तिमीले अल्लाहलाई कुनै नोक्सानी पुर्याउन सक्दैनौ । र अल्लाह हरेक कुरामाथि सामथ्र्यवान छ । info
التفاسير:

external-link copy
40 : 9

اِلَّا تَنْصُرُوْهُ فَقَدْ نَصَرَهُ اللّٰهُ اِذْ اَخْرَجَهُ الَّذِیْنَ كَفَرُوْا ثَانِیَ اثْنَیْنِ اِذْ هُمَا فِی الْغَارِ اِذْ یَقُوْلُ لِصَاحِبِهٖ لَا تَحْزَنْ اِنَّ اللّٰهَ مَعَنَا ۚ— فَاَنْزَلَ اللّٰهُ سَكِیْنَتَهٗ عَلَیْهِ وَاَیَّدَهٗ بِجُنُوْدٍ لَّمْ تَرَوْهَا وَجَعَلَ كَلِمَةَ الَّذِیْنَ كَفَرُوا السُّفْلٰی ؕ— وَكَلِمَةُ اللّٰهِ هِیَ الْعُلْیَا ؕ— وَاللّٰهُ عَزِیْزٌ حَكِیْمٌ ۟

४०) यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता गरेनौ त पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोऊ, निःसन्देह अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उहाँमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत गर्यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ । info
التفاسير: