വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
21 : 9

یُبَشِّرُهُمْ رَبُّهُمْ بِرَحْمَةٍ مِّنْهُ وَرِضْوَانٍ وَّجَنّٰتٍ لَّهُمْ فِیْهَا نَعِیْمٌ مُّقِیْمٌ ۟ۙ

२१) उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुता, प्रसन्नता र स्वर्गको शुभसमाचार दिन्छ, जसमा उनीहरूका निम्ति स्थायी सुख सामग्री छन् । info
التفاسير:

external-link copy
22 : 9

خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— اِنَّ اللّٰهَ عِنْدَهٗۤ اَجْرٌ عَظِیْمٌ ۟

२२) त्यहाँ तिनीहरू सधैं रहनेछन् । निःसन्देह अल्लाहको पासमा ठूलो पारितोषिक छ । info
التفاسير:

external-link copy
23 : 9

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْۤا اٰبَآءَكُمْ وَاِخْوَانَكُمْ اَوْلِیَآءَ اِنِ اسْتَحَبُّوا الْكُفْرَ عَلَی الْاِیْمَانِ ؕ— وَمَنْ یَّتَوَلَّهُمْ مِّنْكُمْ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟

२३) हे ईमानवालाहरू ! आफ्नो पिता र दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुन्छ । info
التفاسير:

external-link copy
24 : 9

قُلْ اِنْ كَانَ اٰبَآؤُكُمْ وَاَبْنَآؤُكُمْ وَاِخْوَانُكُمْ وَاَزْوَاجُكُمْ وَعَشِیْرَتُكُمْ وَاَمْوَالُ ١قْتَرَفْتُمُوْهَا وَتِجَارَةٌ تَخْشَوْنَ كَسَادَهَا وَمَسٰكِنُ تَرْضَوْنَهَاۤ اَحَبَّ اِلَیْكُمْ مِّنَ اللّٰهِ وَرَسُوْلِهٖ وَجِهَادٍ فِیْ سَبِیْلِهٖ فَتَرَبَّصُوْا حَتّٰی یَاْتِیَ اللّٰهُ بِاَمْرِهٖ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْفٰسِقِیْنَ ۟۠

२४) तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती महलहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन । info
التفاسير:

external-link copy
25 : 9

لَقَدْ نَصَرَكُمُ اللّٰهُ فِیْ مَوَاطِنَ كَثِیْرَةٍ ۙ— وَّیَوْمَ حُنَیْنٍ ۙ— اِذْ اَعْجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنْكُمْ شَیْـًٔا وَّضَاقَتْ عَلَیْكُمُ الْاَرْضُ بِمَا رَحُبَتْ ثُمَّ وَلَّیْتُمْ مُّدْبِرِیْنَ ۟ۚ

२५) निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ । info
التفاسير:

external-link copy
26 : 9

ثُمَّ اَنْزَلَ اللّٰهُ سَكِیْنَتَهٗ عَلٰی رَسُوْلِهٖ وَعَلَی الْمُؤْمِنِیْنَ وَاَنْزَلَ جُنُوْدًا لَّمْ تَرَوْهَا ۚ— وَعَذَّبَ الَّذِیْنَ كَفَرُوْا ؕ— وَذٰلِكَ جَزَآءُ الْكٰفِرِیْنَ ۟

२६) अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिरहेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र इन्कार गर्नेहरूको लागि यही बदला थियो । info
التفاسير: