Check out the new design

पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: कियामः   श्लोक:
كَلَّا بَلْ تُحِبُّوْنَ الْعَاجِلَةَ ۟ۙ
२०) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरालार्इ मन पराउँछौ ।
अरबी व्याख्याहरू:
وَتَذَرُوْنَ الْاٰخِرَةَ ۟ؕ
२१) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ,
अरबी व्याख्याहरू:
وُجُوْهٌ یَّوْمَىِٕذٍ نَّاضِرَةٌ ۟ۙ
२२) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्,
अरबी व्याख्याहरू:
اِلٰى رَبِّهَا نَاظِرَةٌ ۟ۚ
२३) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिरहेका हुनेछन् ।
अरबी व्याख्याहरू:
وَوُجُوْهٌ یَّوْمَىِٕذٍ بَاسِرَةٌ ۟ۙ
२४) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
अरबी व्याख्याहरू:
تَظُنُّ اَنْ یُّفْعَلَ بِهَا فَاقِرَةٌ ۟ؕ
२५) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
अरबी व्याख्याहरू:
كَلَّاۤ اِذَا بَلَغَتِ التَّرَاقِیَ ۟ۙ
२६) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
अरबी व्याख्याहरू:
وَقِیْلَ مَنْ ٚ— رَاقٍ ۟ۙ
२७) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ ?
अरबी व्याख्याहरू:
وَّظَنَّ اَنَّهُ الْفِرَاقُ ۟ۙ
२८) र त्यसले बुझ्नेछ कि अब सबैबाट विदाईको समय छ ।
अरबी व्याख्याहरू:
وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ ۟ۙ
२९) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ (बेरिनेछ) ।
अरबी व्याख्याहरू:
اِلٰى رَبِّكَ یَوْمَىِٕذِ ١لْمَسَاقُ ۟ؕ۠
३०) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
अरबी व्याख्याहरू:
فَلَا صَدَّقَ وَلَا صَلّٰى ۟ۙ
३१) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
अरबी व्याख्याहरू:
وَلٰكِنْ كَذَّبَ وَتَوَلّٰى ۟ۙ
३२) बरु झूठो ठहरायो र विमुख भयो ।
अरबी व्याख्याहरू:
ثُمَّ ذَهَبَ اِلٰۤی اَهْلِهٖ یَتَمَطّٰى ۟ؕ
३३) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
अरबी व्याख्याहरू:
اَوْلٰى لَكَ فَاَوْلٰى ۟ۙ
३४) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
अरबी व्याख्याहरू:
ثُمَّ اَوْلٰى لَكَ فَاَوْلٰى ۟ؕ
३५) धिक्कार छ र खराबी छ तिमीमाथि ।
अरबी व्याख्याहरू:
اَیَحْسَبُ الْاِنْسَانُ اَنْ یُّتْرَكَ سُدًی ۟ؕ
३६) के मनुष्यले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ ?
अरबी व्याख्याहरू:
اَلَمْ یَكُ نُطْفَةً مِّنْ مَّنِیٍّ یُّمْنٰى ۟ۙ
३७) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन ? जसलाई टपकाइएको थियो ?
अरबी व्याख्याहरू:
ثُمَّ كَانَ عَلَقَةً فَخَلَقَ فَسَوّٰى ۟ۙ
३८) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
अरबी व्याख्याहरू:
فَجَعَلَ مِنْهُ الزَّوْجَیْنِ الذَّكَرَ وَالْاُ ۟ؕ
३९) अनि त्यसबाट जोडाहरू बनायो, पुरुष र स्त्री ।
अरबी व्याख्याहरू:
اَلَیْسَ ذٰلِكَ بِقٰدِرٍ عَلٰۤی اَنْ یُّحْیِ الْمَوْتٰى ۟۠
४०) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई पुनः जीवित पारिदेओस् ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद सूरः: कियामः
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । - अनुवादहरूको सूची

केन्द्रीय जमियत अहले हदीस, नेपाल द्वारा प्रकाशित ।

बन्द गर्नुस्