पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: सूरतुत्तीन   श्लोक:

सूरतुत्तीन

وَالتِّیْنِ وَالزَّیْتُوْنِ ۟ۙ
१) इंजीरको कसम र जैतूनको ।
अरबी व्याख्याहरू:
وَطُوْرِ سِیْنِیْنَ ۟ۙ
२) र तूरे सीनीनको ।
अरबी व्याख्याहरू:
وَهٰذَا الْبَلَدِ الْاَمِیْنِ ۟ۙ
३) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
अरबी व्याख्याहरू:
لَقَدْ خَلَقْنَا الْاِنْسَانَ فِیْۤ اَحْسَنِ تَقْوِیْمٍ ۟ؗ
४) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
अरबी व्याख्याहरू:
ثُمَّ رَدَدْنٰهُ اَسْفَلَ سٰفِلِیْنَ ۟ۙ
५) फेरि निकृष्टतम दशातिर फर्कायौं ।
अरबी व्याख्याहरू:
اِلَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فَلَهُمْ اَجْرٌ غَیْرُ مَمْنُوْنٍ ۟ؕ
६) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
अरबी व्याख्याहरू:
فَمَا یُكَذِّبُكَ بَعْدُ بِالدِّیْنِ ۟ؕ
७) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
अरबी व्याख्याहरू:
اَلَیْسَ اللّٰهُ بِاَحْكَمِ الْحٰكِمِیْنَ ۟۠
८) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन ?
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद सूरः: सूरतुत्तीन
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । - अनुवादहरूको सूची

पवित्र कुर्आनको अर्थको नेपाली भाषामा अनुवाद, अनुवादक : जम्-ईयत अह्ले हदीस ।

बन्द गर्नुस्