ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
66 : 4

وَلَوْ اَنَّا كَتَبْنَا عَلَیْهِمْ اَنِ اقْتُلُوْۤا اَنْفُسَكُمْ اَوِ اخْرُجُوْا مِنْ دِیَارِكُمْ مَّا فَعَلُوْهُ اِلَّا قَلِیْلٌ مِّنْهُمْ ؕ— وَلَوْ اَنَّهُمْ فَعَلُوْا مَا یُوْعَظُوْنَ بِهٖ لَكَانَ خَیْرًا لَّهُمْ وَاَشَدَّ تَثْبِیْتًا ۟ۙ

६६) र यदि हामीले तिनीहरूलाई आफ्नो जीवनको बलि दिन अथवा आफ्नो घर छोड्न आदेश दिएको भए तिनीहरूमध्ये केहीले मात्र त्यस्तो गर्ने थिए । तर यदि तिनीहरूले त्यो आदेश जुनकि तिनीहरूलाई दिइएको थियो पालन गरेको भए तिनीहरूको निम्ति यही सर्वोत्तम हुने थियो र तिनीहरूको लागि धेरै धेरै सघाउ पुग्ने थियो । info
التفاسير:

external-link copy
67 : 4

وَّاِذًا لَّاٰتَیْنٰهُمْ مِّنْ لَّدُنَّاۤ اَجْرًا عَظِیْمًا ۟ۙ

६७) र तब त हामीले आफ्नो तर्फबाट तिनीहरूलाई ठूलो पुरस्कार (पुण्य) दिने थियौं । info
التفاسير:

external-link copy
68 : 4

وَّلَهَدَیْنٰهُمْ صِرَاطًا مُّسْتَقِیْمًا ۟

६८) र निःसन्देह सही बाटो पनि देखाउने थियौं । info
التفاسير:

external-link copy
69 : 4

وَمَنْ یُّطِعِ اللّٰهَ وَالرَّسُوْلَ فَاُولٰٓىِٕكَ مَعَ الَّذِیْنَ اَنْعَمَ اللّٰهُ عَلَیْهِمْ مِّنَ النَّبِیّٖنَ وَالصِّدِّیْقِیْنَ وَالشُّهَدَآءِ وَالصّٰلِحِیْنَ ۚ— وَحَسُنَ اُولٰٓىِٕكَ رَفِیْقًا ۟ؕ

६९) जुन मानिसहरू अल्लाह र उसको रसूलको आज्ञापालन गर्दछन्, तिनीहरू ती मानिसहरूको साथमा हुनेछन् जसलाई कि अल्लाहले पुरस्कृत गरेको छ । उदाहरणको लागि नबी र सत्यनिष्ठ र शहीद र सत्यकर्मीहरू । यिनीहरू सर्वोत्तम साथी हुन् । info
التفاسير:

external-link copy
70 : 4

ذٰلِكَ الْفَضْلُ مِنَ اللّٰهِ ؕ— وَكَفٰی بِاللّٰهِ عَلِیْمًا ۟۠

७०) यो अल्लाहको दानशीलता हो ! र यो पर्याप्त छ कि अल्लाह सबै कुराको ज्ञाता छ । info
التفاسير:

external-link copy
71 : 4

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا خُذُوْا حِذْرَكُمْ فَانْفِرُوْا ثُبَاتٍ اَوِ انْفِرُوْا جَمِیْعًا ۟

७१) हे मोमिनहरू ! आफ्नो रक्षाको साधन लिइहाल, अनि त्यसपछि समूह–समूहमा प्रस्थान गर अथवा सबै एकै साथमा निस्किहाल । info
التفاسير:

external-link copy
72 : 4

وَاِنَّ مِنْكُمْ لَمَنْ لَّیُبَطِّئَنَّ ۚ— فَاِنْ اَصَابَتْكُمْ مُّصِیْبَةٌ قَالَ قَدْ اَنْعَمَ اللّٰهُ عَلَیَّ اِذْ لَمْ اَكُنْ مَّعَهُمْ شَهِیْدًا ۟

७२) र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन । info
التفاسير:

external-link copy
73 : 4

وَلَىِٕنْ اَصَابَكُمْ فَضْلٌ مِّنَ اللّٰهِ لَیَقُوْلَنَّ كَاَنْ لَّمْ تَكُنْ بَیْنَكُمْ وَبَیْنَهٗ مَوَدَّةٌ یّٰلَیْتَنِیْ كُنْتُ مَعَهُمْ فَاَفُوْزَ فَوْزًا عَظِیْمًا ۟

७३) र यदि अल्लाह तिमीमाथि कृपा गर्दछ भने यस्तो भन्दछ कि उनको र तिम्रो कुनै मित्रता नै थिएन, पश्चाताप गर्दै भन्दछ कि यदि म पनि तिनीहरूको साथमा गएको भए ठूलो सफलता प्राप्त हुने थियो । info
التفاسير:

external-link copy
74 : 4

فَلْیُقَاتِلْ فِیْ سَبِیْلِ اللّٰهِ الَّذِیْنَ یَشْرُوْنَ الْحَیٰوةَ الدُّنْیَا بِالْاٰخِرَةِ ؕ— وَمَنْ یُّقَاتِلْ فِیْ سَبِیْلِ اللّٰهِ فَیُقْتَلْ اَوْ یَغْلِبْ فَسَوْفَ نُؤْتِیْهِ اَجْرًا عَظِیْمًا ۟

७४) तसर्थ जसले संसारिक जीवनलाई आखिरतको जीवनका लागि बेचेका छन्, तिनीहरूलाई आवश्यक छ कि अल्लाहको मार्गमा युद्ध गरुन् र जो मानिस अल्लाहको मार्गमा युद्ध गर्दै शहीद हुन्छ अथवा विजयी हुन्छ निश्चय नै हामीले उसलाई बहुमूल्य पुरस्कार प्रदान गर्नेछौं । info
التفاسير: