ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
80 : 4

مَنْ یُّطِعِ الرَّسُوْلَ فَقَدْ اَطَاعَ اللّٰهَ ۚ— وَمَنْ تَوَلّٰی فَمَاۤ اَرْسَلْنٰكَ عَلَیْهِمْ حَفِیْظًا ۟ؕ

८०) जुन मानिसले रसूलको आज्ञापालन गर्दछ, उसैले अल्लाहको आज्ञापालन गरे सरह मानिन्छ र जसले आज्ञा उल्लंघन गर्दछन् र विमुख हुन्छन् हे पैगम्बर ! तपाईलाई यिनीहरूमाथि रक्षक बनाई पठाइएको छैन । info
التفاسير:

external-link copy
81 : 4

وَیَقُوْلُوْنَ طَاعَةٌ ؗ— فَاِذَا بَرَزُوْا مِنْ عِنْدِكَ بَیَّتَ طَآىِٕفَةٌ مِّنْهُمْ غَیْرَ الَّذِیْ تَقُوْلُ ؕ— وَاللّٰهُ یَكْتُبُ مَا یُبَیِّتُوْنَ ۚ— فَاَعْرِضْ عَنْهُمْ وَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟

८१) यी मानिसहरू मुखले त भन्दछन् कि (तपाईको) आज्ञाकारी हौं, तर तपाईबाट अलग भएर गइसकेपछि तिनीहरूमध्ये एक समूहले रातिमा तपाईको कुराको विरोधमा सरसल्लाह गर्दछन् । र अल्लाहले उनीहरूको रातीका कुराहरू लेखिराखेको छ । तसर्थ यिनीहरूको वास्ता नगर्नुस् र अल्लाहमाथि भरोसा गर्नुस् र अल्लाह नै सबै काम पुरा गर्न सक्षम छ । info
التفاسير:

external-link copy
82 : 4

اَفَلَا یَتَدَبَّرُوْنَ الْقُرْاٰنَ ؕ— وَلَوْ كَانَ مِنْ عِنْدِ غَیْرِ اللّٰهِ لَوَجَدُوْا فِیْهِ اخْتِلَافًا كَثِیْرًا ۟

८२) के यिनीहरू कुरआनमा चिन्तन–मनन् गर्दैनन् ? यदि यो अल्लाह बाहेक अरु कसैको तर्फबाट भएको भए त्यसमा निःसन्देह (धेरै) विरोधाभाषपूर्ण कुराहरू पाउने थिए । info
التفاسير:

external-link copy
83 : 4

وَاِذَا جَآءَهُمْ اَمْرٌ مِّنَ الْاَمْنِ اَوِ الْخَوْفِ اَذَاعُوْا بِهٖ ؕ— وَلَوْ رَدُّوْهُ اِلَی الرَّسُوْلِ وَاِلٰۤی اُولِی الْاَمْرِ مِنْهُمْ لَعَلِمَهُ الَّذِیْنَ یَسْتَنْۢبِطُوْنَهٗ مِنْهُمْ ؕ— وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ لَاتَّبَعْتُمُ الشَّیْطٰنَ اِلَّا قَلِیْلًا ۟

८३) जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे । र यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए त केही बाहेक सबै शैतानका अनुयायी हुने थिए । info
التفاسير:

external-link copy
84 : 4

فَقَاتِلْ فِیْ سَبِیْلِ اللّٰهِ ۚ— لَا تُكَلَّفُ اِلَّا نَفْسَكَ وَحَرِّضِ الْمُؤْمِنِیْنَ ۚ— عَسَی اللّٰهُ اَنْ یَّكُفَّ بَاْسَ الَّذِیْنَ كَفَرُوْا ؕ— وَاللّٰهُ اَشَدُّ بَاْسًا وَّاَشَدُّ تَنْكِیْلًا ۟

८४) तसर्थ (हे मुहम्मद !) तपाई अल्लाहको मार्गमा धर्मयुद्ध गर्नुस् । तपाई उपर आफू बाहेक अरु कसैको जिम्मेवारी छैन र मोमिनहरूलाई पनि प्रोत्साहित गर्नेगर्नु । सम्भव छ कि निकट भविष्यमै अल्लाहले काफिरहरूको युद्ध रोकिदेओस् र अल्लाह सर्वशक्ति सम्पन्न र कठोर सजाय दिनेवाला छ । info
التفاسير:

external-link copy
85 : 4

مَنْ یَّشْفَعْ شَفَاعَةً حَسَنَةً یَّكُنْ لَّهٗ نَصِیْبٌ مِّنْهَا ۚ— وَمَنْ یَّشْفَعْ شَفَاعَةً سَیِّئَةً یَّكُنْ لَّهٗ كِفْلٌ مِّنْهَا ؕ— وَكَانَ اللّٰهُ عَلٰی كُلِّ شَیْءٍ مُّقِیْتًا ۟

८५) जुन व्यक्तिले असल कामको लागि सिफारिश गर्दछ, उसले पनि त्यसबाट केही भाग प्राप्त गर्नेछ र जसले नराम्रो कुराको सिफारिश गर्नेछ उसले त्यसको केही अंश पाउनु पर्नेछ । र अल्लाह प्रत्येक कुरोमाथि सर्वशक्ति सम्पन्न छ । info
التفاسير:

external-link copy
86 : 4

وَاِذَا حُیِّیْتُمْ بِتَحِیَّةٍ فَحَیُّوْا بِاَحْسَنَ مِنْهَاۤ اَوْ رُدُّوْهَا ؕ— اِنَّ اللّٰهَ كَانَ عَلٰی كُلِّ شَیْءٍ حَسِیْبًا ۟

८६) र जब कुनै व्यक्तिले तिमीलाई सलाम गरोस् त तिमीले पनि त्योभन्दा राम्रो शब्दमा जवाफ देऊ वा तिनै शब्दमा सलाम फर्काऊ । निःसन्देह अल्लाह सबै हिसाब गर्नेवाला छ । info
التفاسير: