ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
141 : 4

١لَّذِیْنَ یَتَرَبَّصُوْنَ بِكُمْ ۚ— فَاِنْ كَانَ لَكُمْ فَتْحٌ مِّنَ اللّٰهِ قَالُوْۤا اَلَمْ نَكُنْ مَّعَكُمْ ۖؗ— وَاِنْ كَانَ لِلْكٰفِرِیْنَ نَصِیْبٌ ۙ— قَالُوْۤا اَلَمْ نَسْتَحْوِذْ عَلَیْكُمْ وَنَمْنَعْكُمْ مِّنَ الْمُؤْمِنِیْنَ ؕ— فَاللّٰهُ یَحْكُمُ بَیْنَكُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— وَلَنْ یَّجْعَلَ اللّٰهُ لِلْكٰفِرِیْنَ عَلَی الْمُؤْمِنِیْنَ سَبِیْلًا ۟۠

१४१) यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? तर अल्लाह तिनीहरूको निर्णय कियामतको दिन गर्नेछ । र अल्लाहले कहिल्यै पनि मुसलमानहरूमाथि काफिरहरूलाई विजय प्रदान गर्नेछैन । info
التفاسير:

external-link copy
142 : 4

اِنَّ الْمُنٰفِقِیْنَ یُخٰدِعُوْنَ اللّٰهَ وَهُوَ خَادِعُهُمْ ۚ— وَاِذَا قَامُوْۤا اِلَی الصَّلٰوةِ قَامُوْا كُسَالٰی ۙ— یُرَآءُوْنَ النَّاسَ وَلَا یَذْكُرُوْنَ اللّٰهَ اِلَّا قَلِیْلًا ۟ؗۙ

१४२) मुनाफिक (कप्टीहरू) अल्लाहलाई झुक्याउन खोज्छन् तर उसले तिनीहरूलाई यस झुक्यानको बदला दिनेछ । र जब नमाज पढ्न उभिन्छन् त्यतिखेर अल्छी भई उभिन्छन् अरुलाई देखाउनको लागि मात्र गर्दछन्, र अल्लाहलाई नाममात्रको लागि स्मरण गर्दछन् । info
التفاسير:

external-link copy
143 : 4

مُّذَبْذَبِیْنَ بَیْنَ ذٰلِكَ ۖۗ— لَاۤ اِلٰی هٰۤؤُلَآءِ وَلَاۤ اِلٰی هٰۤؤُلَآءِ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَلَنْ تَجِدَ لَهٗ سَبِیْلًا ۟

१४३) तिनीहरू बीचमा परी झुण्डिराखेका छन् न तिनीहरूतिर पूरै हुन्छन् न यिनीहरूतिर, र जसलाई अल्लाहले मार्गबाट विचलित गर्दछ त्यसको निम्ति तिमीले कहिल्यै बाटो पाउँदैनौ । info
التفاسير:

external-link copy
144 : 4

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوا الْكٰفِرِیْنَ اَوْلِیَآءَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ؕ— اَتُرِیْدُوْنَ اَنْ تَجْعَلُوْا لِلّٰهِ عَلَیْكُمْ سُلْطٰنًا مُّبِیْنًا ۟

१४४) हे इमानवालाहरू ! मुसलमानहरूलाई छाडि काफिरहरूलाई आफ्नो मित्र नबनाऊ । के तिमी खुल्लारूपमा अल्लाहको दोषी बन्न चाहन्छौ ? info
التفاسير:

external-link copy
145 : 4

اِنَّ الْمُنٰفِقِیْنَ فِی الدَّرْكِ الْاَسْفَلِ مِنَ النَّارِ ۚ— وَلَنْ تَجِدَ لَهُمْ نَصِیْرًا ۟ۙ

१४५) यसमा कुनै सन्देह छैन कि मुनाफिकहरू दोजखको (नर्कको) सबैभन्दा तल्लो भागमा ठाउँ पाउनेछन् । र तिमीले कसैलाई तिनीहरूको सहायता गरेको पाउनु असम्भव छ । info
التفاسير:

external-link copy
146 : 4

اِلَّا الَّذِیْنَ تَابُوْا وَاَصْلَحُوْا وَاعْتَصَمُوْا بِاللّٰهِ وَاَخْلَصُوْا دِیْنَهُمْ لِلّٰهِ فَاُولٰٓىِٕكَ مَعَ الْمُؤْمِنِیْنَ ؕ— وَسَوْفَ یُؤْتِ اللّٰهُ الْمُؤْمِنِیْنَ اَجْرًا عَظِیْمًا ۟

१४६) हो जसले पश्चाताप गरिहाले र आफ्नो अवस्थामा सुधार गरे र अल्लाहमाथि पूरै विश्वास गरे र खास अल्लाहकै लागि संसारमा धार्मिक कर्म गर्दछन् भने त्यस्ता मानिसहरू मोमिनहरूको साथमा हुनेछन् । र अल्लाहले मोमिनहरूलाई ठूलो पुरस्कार प्रदान गर्नेछ । info
التفاسير:

external-link copy
147 : 4

مَا یَفْعَلُ اللّٰهُ بِعَذَابِكُمْ اِنْ شَكَرْتُمْ وَاٰمَنْتُمْ ؕ— وَكَانَ اللّٰهُ شَاكِرًا عَلِیْمًا ۟

१४७) यदि तिमी अल्लाहप्रति कृतज्ञता गरिरहन्छौ र त्यसमा विश्वास गर्दछौ भने तिमीलाई अल्लाहले किन सजाय दिने छ ? र अल्लाह ठूलो गुणपारखी र परम् ज्ञानी छ । info
التفاسير: