ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
163 : 4

اِنَّاۤ اَوْحَیْنَاۤ اِلَیْكَ كَمَاۤ اَوْحَیْنَاۤ اِلٰی نُوْحٍ وَّالنَّبِیّٖنَ مِنْ بَعْدِهٖ ۚ— وَاَوْحَیْنَاۤ اِلٰۤی اِبْرٰهِیْمَ وَاِسْمٰعِیْلَ وَاِسْحٰقَ وَیَعْقُوْبَ وَالْاَسْبَاطِ وَعِیْسٰی وَاَیُّوْبَ وَیُوْنُسَ وَهٰرُوْنَ وَسُلَیْمٰنَ ۚ— وَاٰتَیْنَا دَاوٗدَ زَبُوْرًا ۟ۚ

१६३) (हे मुहम्मद !) हामीले तपाईलाई त्यस्तै प्रकारले अल्लाहको सन्देश (वह्य) पठाएका छौं, जुन किसिमले नूह (अलैहिस्सलाम) र उनीभन्दा पछिका पैगम्बरहरूतर्फ पठायौं, र हामीले अल्लाहको सन्देश इब्राहीम (अलैहिस्सलाम) इस्माईल (अलैहिस्सलाम), इस्हाक (अलैहिस्सलाम), यअ्कूब (अलैहिस्सलाम) र उनका सन्तानहरूमाथि तथा ईसा (अलैहिस्सलाम), अय्यूब (अलैहिस्सलाम), यूनुस (अलैहिस्सलाम), हारून (अलैहिस्सलाम) र सुलैमानतर्फ पठायौं र हामीले दाऊद (अलैहिस्सलाम)लाई ‘‘जबूर’’ प्रदान गर्यौं । info
التفاسير:

external-link copy
164 : 4

وَرُسُلًا قَدْ قَصَصْنٰهُمْ عَلَیْكَ مِنْ قَبْلُ وَرُسُلًا لَّمْ نَقْصُصْهُمْ عَلَیْكَ ؕ— وَكَلَّمَ اللّٰهُ مُوْسٰی تَكْلِیْمًا ۟ۚ

१६४) र धेरै पैगम्बरहरू यस्ता छन् जसको बारेमा हामीले तपाईसित यसभन्दा अघि नै भनिसकेका छौं र धेरै यस्ता छन् जसको सम्बन्धमा तपाईलाई केही भनेका छैनौं । र मूसासित त अल्लाहले प्रत्यक्ष कुरा पनि गर्यो । info
التفاسير:

external-link copy
165 : 4

رُسُلًا مُّبَشِّرِیْنَ وَمُنْذِرِیْنَ لِئَلَّا یَكُوْنَ لِلنَّاسِ عَلَی اللّٰهِ حُجَّةٌ بَعْدَ الرُّسُلِ ؕ— وَكَانَ اللّٰهُ عَزِیْزًا حَكِیْمًا ۟

१६५) हामीले उनीलाई रसूल बनायौं । सुसमाचार सुनाउने र सावधानकर्ता ताकि पैगम्बरहरूको आगमनपछि मानिसहरूलाई अल्लाहमाथि दोष लगाउने मौका र विवाद नहोस् र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ । info
التفاسير:

external-link copy
166 : 4

لٰكِنِ اللّٰهُ یَشْهَدُ بِمَاۤ اَنْزَلَ اِلَیْكَ اَنْزَلَهٗ بِعِلْمِهٖ ۚ— وَالْمَلٰٓىِٕكَةُ یَشْهَدُوْنَ ؕ— وَكَفٰی بِاللّٰهِ شَهِیْدًا ۟ؕ

१६६) अल्लाहले जे जति तपाईतिर उतारेको छ उसको बारेमा स्वयम् गवाही दिन्छ कि उसले आफ्नो ज्ञानले उतारेको छ र फरिशताहरू पनि गवाही दिन्छन् र स्वयम् अल्लाह नै साक्षी पर्याप्त छ । info
التفاسير:

external-link copy
167 : 4

اِنَّ الَّذِیْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ قَدْ ضَلُّوْا ضَلٰلًا بَعِیْدًا ۟

१६७) जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको बाटोमा जानुबाट रोके, तिनीहरू आफै विचलित भई सही मार्गबाट धेरै पर पुगे । info
التفاسير:

external-link copy
168 : 4

اِنَّ الَّذِیْنَ كَفَرُوْا وَظَلَمُوْا لَمْ یَكُنِ اللّٰهُ لِیَغْفِرَ لَهُمْ وَلَا لِیَهْدِیَهُمْ طَرِیْقًا ۟ۙ

१६८) जसले कुफ्र गरे र अन्याय गरिरहे, अल्लाहले निश्चय नै तिनलाई न क्षमा गर्नेछ न त तिनको मार्ग–दर्शन गर्नेछ । info
التفاسير:

external-link copy
169 : 4

اِلَّا طَرِیْقَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— وَكَانَ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرًا ۟

१६९) हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ । info
التفاسير:

external-link copy
170 : 4

یٰۤاَیُّهَا النَّاسُ قَدْ جَآءَكُمُ الرَّسُوْلُ بِالْحَقِّ مِنْ رَّبِّكُمْ فَاٰمِنُوْا خَیْرًا لَّكُمْ ؕ— وَاِنْ تَكْفُرُوْا فَاِنَّ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟

१७०) हे मानिसहरू ! अल्लाहको पैगम्बर तिमीहरूछेउ सत्य कुरा लिएर आएका छन् तसर्थ तिमीहरू ईमान ल्याऊ यही नै तिम्रो निम्ति हितकर छ । र यदि तिमी काफिर भयो भने (यादराख) कि जे जति आकाशहरूमा र जमिनमा छन् सबै अल्लाहकै हुन् । र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छ । info
التفاسير: