ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
148 : 4

لَا یُحِبُّ اللّٰهُ الْجَهْرَ بِالسُّوْٓءِ مِنَ الْقَوْلِ اِلَّا مَنْ ظُلِمَ ؕ— وَكَانَ اللّٰهُ سَمِیْعًا عَلِیْمًا ۟

१४८) अन्याय भएको व्यक्ति बाहेक अरु (कसै) लाई नराम्रो कार्यको समर्थनमा आवाज उठाउनु अल्लाह मनपराउँदैनन् । र अल्लाह राम्ररी सुन्ने र जान्नेवाला छ । info
التفاسير:

external-link copy
149 : 4

اِنْ تُبْدُوْا خَیْرًا اَوْ تُخْفُوْهُ اَوْ تَعْفُوْا عَنْ سُوْٓءٍ فَاِنَّ اللّٰهَ كَانَ عَفُوًّا قَدِیْرًا ۟

१४९) चाहे तिमीहरू राम्रो काम खुलमखुल्ला वा छिपाएर गर अथवा नराम्रो कामलाई क्षमा गर्दछौ त निःसन्देह अल्लाह ठूलो क्षमादाता, अति शक्तिशाली छ । info
التفاسير:

external-link copy
150 : 4

اِنَّ الَّذِیْنَ یَكْفُرُوْنَ بِاللّٰهِ وَرُسُلِهٖ وَیُرِیْدُوْنَ اَنْ یُّفَرِّقُوْا بَیْنَ اللّٰهِ وَرُسُلِهٖ وَیَقُوْلُوْنَ نُؤْمِنُ بِبَعْضٍ وَّنَكْفُرُ بِبَعْضٍ ۙ— وَّیُرِیْدُوْنَ اَنْ یَّتَّخِذُوْا بَیْنَ ذٰلِكَ سَبِیْلًا ۙ۟

१५०) जुन मानिसहरूले अल्लाह र उसको पैगम्बरहरूलाई इन्कार गर्दछन् र अल्लाह र उसको पैगम्बरहरूबीच विभाजन गर्न चाहन्छन् र भन्दछन् कि हामीले केही नबीहरूलाई मान्दछौं र केहीलाई मान्दैनौं, र उनी ईमान र कुफ्रको बीचमा एउटा बाटो निकाल्न चाहन्छन् । info
التفاسير:

external-link copy
151 : 4

اُولٰٓىِٕكَ هُمُ الْكٰفِرُوْنَ حَقًّا ۚ— وَاَعْتَدْنَا لِلْكٰفِرِیْنَ عَذَابًا مُّهِیْنًا ۟

१५१) उनीहरू निःसन्देह काफिर हुन् र काफिरहरूको लागि हामीले अपमानित सजाय तयार गरिसकेका छौं । info
التفاسير:

external-link copy
152 : 4

وَالَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَرُسُلِهٖ وَلَمْ یُفَرِّقُوْا بَیْنَ اَحَدٍ مِّنْهُمْ اُولٰٓىِٕكَ سَوْفَ یُؤْتِیْهِمْ اُجُوْرَهُمْ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟۠

१५२) र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्नेछ र अल्लाह क्षमादाता र दयावान छ । info
التفاسير:

external-link copy
153 : 4

یَسْـَٔلُكَ اَهْلُ الْكِتٰبِ اَنْ تُنَزِّلَ عَلَیْهِمْ كِتٰبًا مِّنَ السَّمَآءِ فَقَدْ سَاَلُوْا مُوْسٰۤی اَكْبَرَ مِنْ ذٰلِكَ فَقَالُوْۤا اَرِنَا اللّٰهَ جَهْرَةً فَاَخَذَتْهُمُ الصّٰعِقَةُ بِظُلْمِهِمْ ۚ— ثُمَّ اتَّخَذُوا الْعِجْلَ مِنْ بَعْدِ مَا جَآءَتْهُمُ الْبَیِّنٰتُ فَعَفَوْنَا عَنْ ذٰلِكَ ۚ— وَاٰتَیْنَا مُوْسٰی سُلْطٰنًا مُّبِیْنًا ۟

१५३) (हे मुहम्मद) तपाईसित ‘‘अहले किताब’’ (यहूदी–ईसाई) माँग गर्दछन् कि तपाईले तिनीहरूको लागि आकाशबाट कुनै ग्रन्थ प्रदान गराउनुस् । यिनीहरू त मूसा (पैगम्बर)सँग यो भन्दा ठूला ठूला माँग गरेका थिए, कि अल्लाहलाई हाम्रो सामु ल्याऊ (अर्थात हाम्रो आँखाको अगाडि ल्याई प्रत्यक्ष देखाऊ) तसर्थ तिनीहरूको यस अत्याचारको कारण तिनीहरूमाथि ठूलो चट्याङ्ग खस्यो । अनि स्पष्टरूपले निशानीहरू आए पछि पनि तिनीहरू बाछोलाई आफ्नो पूज्य बनाए तर हामीले तिनीहरूलाई क्षमा गर्यौं र मूसालाई प्रत्यक्ष प्रमाणसहित अधिकार प्रदान गर्यौं । info
التفاسير:

external-link copy
154 : 4

وَرَفَعْنَا فَوْقَهُمُ الطُّوْرَ بِمِیْثَاقِهِمْ وَقُلْنَا لَهُمُ ادْخُلُوا الْبَابَ سُجَّدًا وَّقُلْنَا لَهُمْ لَا تَعْدُوْا فِی السَّبْتِ وَاَخَذْنَا مِنْهُمْ مِّیْثَاقًا غَلِیْظًا ۟

१५४) र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश गर्यौं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं । info
التفاسير: