ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
87 : 4

اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— لَیَجْمَعَنَّكُمْ اِلٰی یَوْمِ الْقِیٰمَةِ لَا رَیْبَ فِیْهِ ؕ— وَمَنْ اَصْدَقُ مِنَ اللّٰهِ حَدِیْثًا ۟۠

८७) अल्लाह त्यो वास्तविक पालनहार हो जस बाहेक अरु कोही पूजा योग्य छैन । उसले निःसन्देह कियामतको दिन तिमी सबैलाई एकत्रित गर्नेछ जसको आउनुमा कुनै शंका छैन । र अल्लाहभन्दा बढी सच्चा को छ ? info
التفاسير:

external-link copy
88 : 4

فَمَا لَكُمْ فِی الْمُنٰفِقِیْنَ فِئَتَیْنِ وَاللّٰهُ اَرْكَسَهُمْ بِمَا كَسَبُوْا ؕ— اَتُرِیْدُوْنَ اَنْ تَهْدُوْا مَنْ اَضَلَّ اللّٰهُ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَلَنْ تَجِدَ لَهٗ سَبِیْلًا ۟

८८) तिमीहरूलाई के भएको छ कि तिमी मुनाफिकहरूको सम्बन्धमा दुई समूहमा विभाजित भइरहेका छौ । अल्लाहले तिनीहरूलाई तिनकै क्रियाकलापलेगर्दा तिरस्कृत गरिहालेको छ । के तिमीहरूले अब यो योजना बनाउँदैछौ कि जसलाई अल्लाहले वास्तविक बाटोबाट टाढा फ्याँकिसकेको छ उसलाई तिमीहरूले सही बाटोमा ल्याउने छौ ? जसलाई अल्लाहले पथभ्रष्ट गरिसक्यो त्यसलाई तिमीले कहिल्यै सही बाटोमा ल्याउन सक्दैनौ । info
التفاسير:

external-link copy
89 : 4

وَدُّوْا لَوْ تَكْفُرُوْنَ كَمَا كَفَرُوْا فَتَكُوْنُوْنَ سَوَآءً فَلَا تَتَّخِذُوْا مِنْهُمْ اَوْلِیَآءَ حَتّٰی یُهَاجِرُوْا فِیْ سَبِیْلِ اللّٰهِ ؕ— فَاِنْ تَوَلَّوْا فَخُذُوْهُمْ وَاقْتُلُوْهُمْ حَیْثُ وَجَدْتُّمُوْهُمْ ۪— وَلَا تَتَّخِذُوْا مِنْهُمْ وَلِیًّا وَّلَا نَصِیْرًا ۟ۙ

८९) तिनीहरूले त यो चाहन्छन् कि जुन प्रकारले तिनीहरू आफै काफिर छन्, त्यस्तै तिमी पनि अवज्ञाकारी भई सबै एकनास भइहाल, तसर्थ जबसम्म अल्लाहको मार्गमा यिनीहरू प्रवास (हिजरत) गर्दैनन तबसम्म तिनीहरूमध्ये कसैलाई वास्तविक मित्र नबनाउनु । फेरि विरोधी भएपछि जहाँ फेला पर्छन्, समातेर मारिहाल र तिनीहरूमध्ये कसैलाई आफ्नो हितैषी र साथी नबनाऊ । info
التفاسير:

external-link copy
90 : 4

اِلَّا الَّذِیْنَ یَصِلُوْنَ اِلٰی قَوْمٍ بَیْنَكُمْ وَبَیْنَهُمْ مِّیْثَاقٌ اَوْ جَآءُوْكُمْ حَصِرَتْ صُدُوْرُهُمْ اَنْ یُّقَاتِلُوْكُمْ اَوْ یُقَاتِلُوْا قَوْمَهُمْ ؕ— وَلَوْ شَآءَ اللّٰهُ لَسَلَّطَهُمْ عَلَیْكُمْ فَلَقٰتَلُوْكُمْ ۚ— فَاِنِ اعْتَزَلُوْكُمْ فَلَمْ یُقَاتِلُوْكُمْ وَاَلْقَوْا اِلَیْكُمُ السَّلَمَ ۙ— فَمَا جَعَلَ اللّٰهُ لَكُمْ عَلَیْهِمْ سَبِیْلًا ۟

९०) तर ती मानिसहरू बाहेक जसले कि यस्तो समूहसँग जसको र तिम्रो बीचमा सम्झौता भइसकेको छ, अथवा तिनिहरू तिमीनिर यसरी आएका छन् कि तिनीहरूका हृदय तिमीसँग अथवा आफ्नो समूहसँग युद्ध गर्न सक्दैनन् र यदि अल्लाहले चाहेको भए तिनीहरूले तिमीमाथि वर्चस्व राख्न सक्दथे र तिनीहरूले अवश्य नै युद्ध गर्दथे । तसर्थ यदि तिनीहरूले तिमीसँग युद्ध गर्नुबाट पन्छिन्छन् र तिमीकहाँ (शान्ति) सम्झौताको सन्देश पठाउँछन् भने अल्लाहले तिम्रो निम्ति तिनीहरूसँग युद्ध गर्न कुनै बाटो खोलेको छैन । info
التفاسير:

external-link copy
91 : 4

سَتَجِدُوْنَ اٰخَرِیْنَ یُرِیْدُوْنَ اَنْ یَّاْمَنُوْكُمْ وَیَاْمَنُوْا قَوْمَهُمْ ؕ— كُلَّ مَا رُدُّوْۤا اِلَی الْفِتْنَةِ اُرْكِسُوْا فِیْهَا ۚ— فَاِنْ لَّمْ یَعْتَزِلُوْكُمْ وَیُلْقُوْۤا اِلَیْكُمُ السَّلَمَ وَیَكُفُّوْۤا اَیْدِیَهُمْ فَخُذُوْهُمْ وَاقْتُلُوْهُمْ حَیْثُ ثَقِفْتُمُوْهُمْ ؕ— وَاُولٰٓىِٕكُمْ جَعَلْنَا لَكُمْ عَلَیْهِمْ سُلْطٰنًا مُّبِیْنًا ۟۠

९१) तिमीले केही अन्य यस्ता मानिसहरू पनि पाउने छौ जो चाहन्छन् कि तिमीसित पनि शान्तिपूर्वक रहुन् र आफ्नो कौममा (जातिमा) पनि सुरक्षित रहुन् तर जब दंगा फसाद उत्पन्न गर्न बोलाइन्छन् त त्यसमा आकृष्ट भई सक्रिय भइहाल्छन् । तसर्थ यस्ता मानिसहहरू यदि तिमीसित संयम नअपनाई तिमीतिर शान्तिका लागि संवाद गर्दैनन् र आफ्नो हातलाई रोक्दैनन् भने जहाँ पाए पनि तिनलाई समातेर मार । यी तिनै हुन् जसमाथि हामीले तिम्रो अधिपत्य (वर्चस्व) निश्चित गरेका छौं । info
التفاسير: